賃貸住宅

横浜市居住支援協議会の相談窓口について

高齢の方、障害がある方、収入の少ない方、外国籍の方、子育て中の方など、住宅の確保に配慮を要する方の住まい探し等を支援します!

English / 英語
中文 / 中国語
코리아어 / 韓国朝鮮語
Español / スペイン語
ภาษาไทย / タイ語
Tagalog / タガログ語
नेपाली / ネパール語
Tiếng việt / ベトナム語
Portugués / ポルトガル語
やさしい にほんご

योकोहामा सिटी आवास सहयोग परिषद परामर्श काउन्टरको जानकारी

बिदेशी नागरिक, बृद्ध-बृद्धाहरु, अपांगहरु, आम्दानी कम भएकाहरु र बालबच्चा हुर्काउंदै गरेका आदि आवास प्राप्त गर्न सहयोग आवश्यक पर्नेहरुको लागि आवास खोज्ने काममा सहयोग गरिन्छ ।

योकोहामा सिटी आवास सहयोग परिषद भन्नाले

योकोहामा सिटी आवास सहयोग परिषद आवास प्राप्त गर्न सहयोग आवश्यक पर्नेहरुको लागि घर भाडामा उपलब्ध गराउनको लागि बनाईएको कानुनको धारा १० अनुसार सन् २०१८ अक्टोबर महिनामा स्थापना गरिएको संस्था हो ।

योकोहामा सिटी आवास सहयोग परिषदमा आवास प्राप्त गर्न सहयोग आवश्यक पर्नेहरुको लागि निजी भाडाका आवासहरुमा बस्नको लागि उत्प्रेरित गर्ने र त्यसको लागि आवश्यक सहयोग गर्ने सम्बन्धी छलफ़ल गरिन्छ । जसले गर्दा आवास खोज्नको लागि सहयोग आवश्यक पर्नेहरुले सजिलै आवास प्राप्त गर्न सक्छन् र योकोहामा सिटीमा समाज कल्याणको अवस्थामा सुधार आई बसोबास गर्न सहज बनाउनमा सहयोग पुग्ने उदेश्य राखिएको छ ।

परामर्श काउन्टरको जानकारी

योकोहामा सिटी आवास सहयोग परिषदमा आवास प्राप्त गर्न सहयोग आवश्यक पर्नेहरुबाट आउने परामर्श लिनको लागि एक काउन्टरको ब्यवस्था गरिएको छ ।
सो परामर्श काउन्टरमा बिभिन्न खालका आवासको जानकारी दिनुका साथै घरभाडा, ऋण, ग्यारेन्टी लगायतका सेवाहरुको बारेमा पनि जानकारी दिइन्छ ।

* जापानी भाषा बाहेकमा परामर्श लिन चाहने ब्यक्तिले एनपिओ होजिन कानागावा बिदेशी आवास सहयोग केन्द्र (लिंकमा उल्लेख) मा सम्पर्क गर्नुहोस ।

फ़ोन नं (जापानी भाषामा मात्र)

०४५-४५१-७८१२

* दर्ता समय : सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि सांझ ५ बजेसम्म (सार्बजनिक बिदा र नयां बर्षमा बन्द रहने छ)

फ़्याक्स नं (जापानी भाषामा मात्र)

०४५-४५१-७८१३

काउन्टरमा परामर्श (जापानी भाषामा मात्र)

योकोहामा सिटी आवास अपुर्ति कम्पनी
पोष्ट बक्स नं : २२१-००५२
योकोहामा-सी, कानागावा-कु, साकाए-च्यो ८-१, योकोहामा पोर्ट साईड भवन चौथो तल्ला

* दर्ता समय : सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि सांझ ५ बजेसम्म (सार्बजनिक बिदा र नयां बर्षमा बन्द रहने छ)

एनपिओ होजिन कानागावा बिदेशी आवास सहयोग केन्द्रको बारेमा

आवास र दैनिक जीवन यापनको बारेमा तपाईंले बुझ्ने भाषामा परामर्श लिन सक्नु हुनेछ ।
घरजग्गा पाउने कुरामा, जापानमा बसोवास गर्दा आवश्यक पर्ने नियमको जानकारी लिने कुरामा, समस्या परेको बेलामा भाषिक सहयोग उपलब्ध गर्न सकिन्छ ।
सर्बप्रथम, निम्नलिखित वेबसाइट हेर्नुहोस अथवा फ़ोन वा ईमेल मार्फ़त सम्पर्क गर्नुहोस ।

* अंग्रेजी सहित चाइनिज, कोरियन लगायत १० वटा भाषामा परामर्श लिन सकिने छ ।

ई-मेल

sumai.sc@sumasen.com

URL

http://sumasen.com/

फ़ोन नं

०४५-२२८-१७५२

* दर्ता समय : सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि सांझ ५ बजेसम्म (सार्बजनिक बिदा र नयां बर्षमा बन्द रहने छ)

फ़्याक्स नं

०४५-२२८-१७६८

つくる、つなげる、再生する。

  • facebook
  • Instagram